तनावपूर्ण छलफलमा एमाले नेता थपलिया बेहोस हुनुको कारण सुगर र उच्च रक्तचाप
nagariknews.nagariknetwork.com · Tue Aug 04 09:18:55 GMT 2026

बागमती प्रदेशका नेकपा (एमाले) संसदीय दलका नेता जगन्नाथ थपलिया सोमबार राति एमाले अध्यक्ष केपी शर्मा ओलीको गुण्डुस्थित निवासमा भएको छलफलका क्रममा अचानक बेहोस भएका थिए। अस्पताल पुर्याइएका थपलियामा स्वास्थ्य परीक्षणका क्रममा रक्तचाप र सुगरको मात्रा बढेको पाइएको छ।
सरकार गठनबारे लामो समयसम्म चलेको छलफलका क्रममा थपलिया अचेत भएर ढलेपछि उनलाई तत्काल मध्यपुर थिमीस्थित अस्पताल लगिएको थियो। चिकित्सकहरूले स्वास्थ्य परीक्षण गरेपछि आवश्यक औषधि दिएर उनलाई डिस्चार्ज गरेको बताइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)