नेप्से परिसूचक राताम्य, इन्डेक्स २१ अंकले घट्दा ४ अर्बको कारोबार
arthasansar.com · Tue Aug 04 09:24:19 GMT 2026

साताको सेयर कारोबार हुने दोस्रो दिन नेप्से परिसूचक उच्च अंकले घटेर बन्द भएको छ । अघिल्लो दिन सामान्य अंकले घटेको बजार आज भने २१.१५ अंकले घटेर बन्द भएको हो ।
आजको कारोबार बन्द हुँदा नेप्से परिसूचक २६६३.१८ विन्दुमा पुगेको छ । आज सेयर बजारमा २१४ कम्पनीको सेयर मुल्य घटेको छ भने ५८ कम्पनीको सेयर मूल्य बढेको छ । आज ५ कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ । आज सेन्सेटिभ इन्डेक्स पनि २.६६ अंकले घटेर ४६७.९६ विन्दुमा पुगेको छ । मंगलबार सबै १३ वटै उपसूचकको सेयर मूल्यमा गिरावट आएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)