२१ मुलुक र नियोगमा राजदूत नियुक्तिको तयारी
rajdhanidaily.com · Tue Aug 04 09:28:51 GMT 2026
काठमाडौं । नेपाल सरकारले २१ मुलुक र नियोगमा नयाँ राजदूत नियुक्त गर्ने प्रक्रिया अघि बढाएको छ। रिक्त रहेका तथा कार्यकाल पूरा भएर निरन्तरता दिइएका गरी २१ मुलुक र नियोगमा खुला आवेदनबाट सिफारिस गर्ने प्रक्रिया सरकाले अघि बढाएको छ ।
परराष्ट्र मन्त्रालयका अनुसार राजदूत रिक्त रहेका १६ दूतावास तथा चार वर्षे कार्यकाल पूरा गरेपछि केही समयका लागि जिम्मेवारी सम्हालिरहेका इजिप्ट, बहराइन, बांङ्लादेश, म्यानमार र संयुक्त राष्ट्र संघीय नियोग भियनासहित २१ स्थानमा आगामी दुई साताभित्र नियुक्ति प्रक्रिया अघि बढाउने तयारी गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)