भारतमा एप्पलको नयाँ रेकर्ड: एक वर्षमै १५ खर्ब रुपैयाँभन्दा बढीको उत्पादन बिक्री
techpana.com · Tue Aug 04 09:20:34 GMT 2026

काठमाडौं । एप्पलले भारतमा पहिलोपटक वार्षिक १० अर्ब अमेरिकी डलर (१५ खर्ब २६ करोड रुपैयाँ) भन्दा बढीको उत्पादन बिक्री गरेको छ । यसले भारतीय बजारमा एप्पलका महँगा उपकरणहरूको माग तीव्र रूपमा बढ्दै गएको संकेत गरेको छ । त्यससँगै कम्पनीले भारतभर आफ्नो रिटेल स्टोर सञ्जाल पनि विस्तार गर्दै गएको छ ।
गत मार्चमा सकिएको आर्थिक वर्षमा भारतमा एप्पलको आम्दानी अघिल्लो वर्षको तुलनामा दोहोरो अंकले वृद्धि भएको छ । अघिल्लो वर्ष करिब ९ अर्ब डलर आम्दानी गरेकामा गत वर्ष १० अर्ब डलर नाघेको ब्लुबर्गले उल्लेख गरेको छ । कम्पनीको कुल बिक्रीमध्ये आईफोनले सबैभन्दा ठुलो हिस्सा ओगटेको छ । साथै आईप्याड र म्याकबुकको माग पनि उल्लेखनीय रूपमा बढेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)