रेग्मी र पोखरेलको विवादित फैसला : ६१ उद्योगलाई उठिवास लगाउँदा सोधिएन एक शब्द
barnanmedia.com · Fri Aug 28 01:36:41 GMT 2026

सर्वोच्च अदालतका न्यायाधीशद्वय कुमार रेग्मी र सुनीलकुमार पोखरेलले गरेको एक फैसलाका कारण लुम्बिनी क्षेत्र आसपासबाट ६१ वटा उद्योग हटाउनुपर्ने भएको छ । यो फैसला नेपालको औद्योगिक इतिहासकै सबैभन्दा विवादास्पद र विनाशकारी फैसला भन्दै औद्योगिक क्षेत्रदेखि सरकारकै उच्च अधिकारीहरुले आश्चर्य प्रकट गरिरहेका छन् ।
यो फैसला किन पनि विवादित भएको छ भने निर्णय गर्नुअघि न्यायाधीशद्वयले प्रभावित सबै उद्योगीहरूलाई आफ्ना कुरा राख्ने मौका पनि नदिएको पाइएको छ । प्राकृतिक न्यायको आधारभूत सिद्धान्त भन्छ, "कुनै व्यक्तिको हकअधिकारमा असर पर्ने निर्णय गर्दा उसलाई स्वच्छ सुनुवाइको अवसर दिनुपर्छ । आफ्नो मत राख्न मौका दिनुपर्छ र प्रमाण पेस गर्ने पर्याप्त अवसर प्रदान गर्नुपर्छ।" तर, यहाँ त्यस्तो केही भएन ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)