एलपी ग्यासको ‘सिलिन्डर म्यापिङ’ गर्न सरकारलाई संसदीय समितिको निर्देशन
annapurnapost.com · Tue Aug 04 09:29:37 GMT 2026

काठमाडौं : प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले तत्काल एलपी ग्यासको ‘सिलिन्डर म्यापिङ’ सुरु गर्न सरकारलाई निर्देशन दिएको छ । सिंहदरबारमा मंगलबार बसेको समिति बैठकले मागभन्दा बढि ग्यास आयात हुँदा पनि बजारमा ग्यासको अभाव देखिएको भन्दै तत्काल ’सिलिन्डर म्यापिङ’ सुरु गर्न आयल निगमलाई निर्देशन दिएको हो ।
समिति सभापति रहबर अन्सारीले भारतबाट ग्यास पर्याप्त आइरहदा पनि ग्यासको अभाव भइरहेको देखिएकाले सिलिन्डर म्यापिङ गर्न निर्देशन दिए । उनले जिम्मेवारीमा बसेर सहज रुपमा उपभोक्तालाई सेवा दिन नसके मार्गप्रशस्त गर्न सुझाव समेत दिए । ग्यास उत्पादक संघले पनि आयल निगमसंग सहकार्य गरेर विद्यमान समस्या समाधानका लागि पहल गर्न उनले आग्रह गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)