४१५ प्रतिशतले बढ्यो माण्डु हाइड्रोपावरको नाफा, अन्य सूचक कस्ता ?
arthasansar.com · Tue Aug 04 09:39:26 GMT 2026

माण्डु हाइड्रोपावर लिमिटेडको नाफामा उच्च वृद्धि देखिएको छ । कम्पनीले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८२÷८३ को चौथो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार नाफामा उच्च वृद्धि देखिएको हो ।
कम्पनीले सार्वजनिक गरेको विवरण अनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्ष कम्पनीको विद्युत बिक्री आम्दानी, खुद नाफा तथा प्रतिसेयर आम्दानीमा उल्लेख्य वृद्धि भएको छ । गत आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीले ३१ करोड ८५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो अघिल्लो वर्षको तुलनामा ४१५.८० प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीको खुद नाफा ६ करोड १८ लाख रुपैयाँ रहेको थियो । समीक्षा अवधिमा कम्पनीको विद्युत बिक्री आम्दानी २० करोड ४७ लाख रुपैयाँबाट २८८.२६ प्रतिशतले बढेर ७९ करोड ४९ लाख रुपैयाँ पुगेको छ । त्यस्तै, कम्पनीको कुल आम्दानी ७९ करोड २९ लाख रुपैयाँबाट बढेर ७९ करोड ४९ लाख रुपैयाँ पुगेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)