प्रधानमन्त्री शाहसँग सुदूरपश्चिमका रास्वपाका सांसदहरूको भेट
nepalnews.com · Tue Aug 04 09:48:01 GMT 2026

काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाहसँग आज सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भेट गरेका छन्।
भेटका क्रममा सांसदहरूले सरकारले गरेका काम र उपलब्धिबारे संसद्मार्फत जनतालाई जानकारी गराउने प्रतिबद्धता व्यक्त गरे। साथै, उनीहरूले आफ्ना निर्वाचन क्षेत्रसँग सम्बन्धित विभिन्न विकास आयोजना तथा स्थानीय समस्याबारे प्रधानमन्त्रीको ध्यानाकर्षण गराए। सांसदहरूले सुदूरपश्चिमका समस्या, राजनीतिक अवस्था र सम्भावनाबारे प्रधानमन्त्रीलाई जानकारी गराएका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)