बाँसबारीमा लक्जरी इभेन्ट गन्तव्य ‘रामालय’
corporatenepal.com · Tue Aug 04 09:45:57 GMT 2026

काठमाडौं । काठमाडौंको नारायणगोपाल चोक नजिकै बाँसबारी स्थित धापासी मार्गमा नेपालकै फरक शैली र सुविधाहरूलाई एकत्रित गरी निर्माण गरिएको एकमात्र बहुउद्देश्यीय एवं अत्याधुनिक सुविधा सम्पन्न ‘इभेन्ट भेन्यू’ रामालय सञ्चालनमा आएको छ ।
रामालयमा आयोजना हुने हरेक इभेन्ट विशिष्ट अनुभवका रूपमा लामो समय स्मृतिमा रहन सकोस भनेर यसको डिजाइन र निर्माण गरिएको छ । जोकोहीलाई मन्त्रमुग्ध पार्ने एलइडी सिलिङ प्रणाली, उत्कृष्ट इन्टेलिजेन्ट एन्ड हाइड्रोलिक लाइटिङ सिस्टम, व्यावसायिक एकोस्टिक्स (साउण्ड सिस्टम), उत्कृष्ट भित्री सजावट र स्वचालित मुड सेटिङ जोनहरूका कारण रामालय निकै भव्य र आकर्षक देखिन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)