सप्तरीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु
onlinekhabar.com · Tue Aug 04 09:44:36 GMT 2026

१९ साउन, जनकपुरधाम । हुलाकी राजमार्गअन्तर्गत सप्तरीको महदेवा गाउँपालिका–१ चिमटीमा मोटरसाइक दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।
पकरीबाट गएराति बथनाहातर्फ जाँदै गरेको स ०१–००६ प २४९६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई कल्भर्टमा ठोक्किएर दुर्घटना हुँदा मोटरसाइकल चालक स्थानीय ३५ वर्षीय सन्तोष राम र पछाडि सवार ४५ वर्षीय शङ्कर रामको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)