मस्को क्षेत्रमा युक्रेनी ड्रोन आक्रमण, पाँच जनाको मृत्यु
ratopati.com · Tue Aug 04 10:12:26 GMT 2026

मस्को । युक्रेनले रुसको मस्को नजिकै रहेको एउटा गोदाममा गरेको ड्रोन आक्रमणमा कम्तीमा पाँच जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन्।
मस्को क्षेत्रका गभर्नर आन्द्रे भोरोब्योभका अनुसार सोमबार राति राजधानी मस्कोबाट करिब ६९ किलोमिटर दक्षिणमा रहेको चेखोभको नोभोसेल्कीस्थित औद्योगिक क्षेत्रमा आक्रमण भएको हो। आक्रमणबाट एउटा गोदाममा आगलागी भएको तथा विद्युत् सबस्टेसन र प्रशासनिक भवनमा पनि क्षति पुगेको उनले बताएका छन्। घाइतेमध्ये सात जनाको अवस्था मध्यम र एक जनाको अवस्था गम्भीर रहेको जनाइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)