रोल्पाबाट दाङतर्फ जाँदै गरेको जिप दुर्घटना, ९ जना घाइते, एकको अवस्था गम्भीर
ratopati.com · Tue Aug 04 10:18:17 GMT 2026

रोल्पा । रोल्पाको त्रिवेणी गाउँपालिका–५ हान्जाबाङस्थित सडकमा जिप दुर्घटना हुँदा ९ जना घाइते भएका छन्। घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको छ।
गंगादेव गाउँपालिका–१ भुर्तिबाट तुलसीपुरतर्फ जाँदै गरेको लु १ ज १७४३ नम्बरको जिप अनियन्त्रित भई सडकबाट करिब १५ मिटर तल खोल्सामा खस्दा दुर्घटना भएको हो। उक्त जिप गंगादेव गाउँपालिका–१ निवासी अन्दाजी २२ वर्षीय दिलकुमार वलीले चलाइरहेका थिए। जिपमा चालकसहित १० जना सवार रहेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)