जग्गा अधिग्रहणमा अख्तियार प्रमुख राईकै संलग्नता, निर्णयकर्ता नै अख्तियार प्रमुख हुँदा अनुसन्धान प्रभावित !
ajakoartha.com · Sat Jul 04 03:30:00 GMT 2026

काठमाडौं- गौतमबुद्ध (भैरहवा) अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि गरिएको थप जग्गा अधिग्रहण तथा करिब २३ अर्ब रुपैयाँ मुआब्जा वितरण प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईको भूमिकामाथि प्रश्न उठेको छ। तत्कालीन पर्यटन सचिवका रूपमा राईले थप जग्गा अधिग्रहणसम्बन्धी प्रस्ताव मन्त्रिपरिषद्मा पेस गरेको देखिएको छ।
आजको अर्थले प्राप्त गरेको कागजात अनुसार २०७३ वैशाख ५ गते तत्कालीन पर्यटन सचिव प्रेमकुमार राईले विमानस्थलको स्तरोन्नतिका लागि थप २८८ बिघा जग्गा तथा करिब ४५० घरटहरा अधिग्रहण गर्ने प्रस्ताव विभागीय मन्त्रीमार्फत मन्त्रिपरिषद्मा पेस गरेका थिए। उक्त प्रस्तावमा तत्कालीन पर्यटन सचिवका रूपमा राईको हस्ताक्षरसहित जग्गा अधिग्रहणको निर्णयलाई मन्त्रिपरिषद्ले २०७३ वैशाख ७ गते स्वीकृत गरेको र त्यसपछि मन्त्रालयले नागरिक उड्डयन प्राधिकरणलाई आवश्यक प्रक्रिया अघि बढाउन निर्देशन दिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)