बागमतीका नवनियुक्त मन्त्री बज्राचार्यले लिए शपथ
ratopati.com · Tue Aug 04 10:36:28 GMT 2026

हेटौँडा । बागमती प्रदेशका नवनियुक्त भौतिक पूर्वाधार विकास मन्त्री शैलेन्द्रमान बज्राचार्यले मंगलबार पद तथा गोपनीयताको शपथ लिएका छन् । नवनियुक्त मन्त्री बज्राचार्यलाई प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले शपथ गराएका हुन् । उनी हाम्रो नेपाली पार्टी (हानेपा)बाट सरकारमा सहभागी भएका हुन् ।
यसअघि भौतिक पूर्वाधार विकास मन्त्री बिनु रायमाझी पौडेलले मंगलबार मन्त्री पदबाट राजीनामा दिएपछि मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले बज्राचार्यलाई मन्त्री नियुक्तिका लागि प्रदेश प्रमुखसमक्ष सिफारिस गरेका थिए । प्रदेश सरकार अल्पमतमा रहेका बेला हानेपाबाट बज्राचार्यलाई मन्त्री बनाइएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)