पाँच वर्ष लुम्बिनीमा थन्किएका विद्युतीय बस भैरहवामा पनि अलपत्र
ratopati.com · Tue Aug 04 10:46:04 GMT 2026

बुटवल । लुम्बिनीमा पाँच वर्षभन्दा बढी समयसम्म सञ्चालनमा आउन नसकी अलपत्र परेका विद्युतीय बसमध्ये दुई वटा भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याइएको पनि करिब छ महिना पुग्न लागेको छ । तर, ती बस अझै सञ्चालनमा आउन सकेका छैनन् ।
लुम्बिनीमा लामो समयदेखि थन्किएका पाँच वटा विद्युतीय बस गत चैतमा लुम्बिनी विकास कोषले नेपाल नागरिक उड्डयन प्राधिकरणलाई हस्तान्तरण गरेको थियो । तीमध्ये तीन वटा बस नेपालगञ्ज, सुर्खेत र धनगढी विमानस्थलमा पुर्याएर सञ्चालनमा ल्याइसकिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)