सुकुमबासी बस्तीमा डोजर चलाउनु राज्यको सामूहिक अमानवीयता : सांसद आरेन राई
ratopati.com · Tue Aug 04 10:46:48 GMT 2026

काठमाडौं । सांसद आरेन राईले भूमिहीन सुकुम्बासीहरूमाथि राज्यले गरेको व्यवहारले लोकतान्त्रिक गणतन्त्र र मानव अधिकारकै उपहास गरेको बताएका छन् । मंगलबार प्रतिनिधिसभामा ‘भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको व्यवस्थापन’ सम्बन्धी प्रस्तावमा समर्थकको रूपमा बोल्दै राईले सरकारको कार्यशैलीको आलोचना गरे ।
सांसद राईले गत वैशाखमा सुकुम्बासी बस्तीहरूमा पूर्वतयारी विना डोजर चलाइएको घटनालाई इतिहासकै कलंकको रूपमा चित्रण गरे । उनले भने, ‘२०७२ को संविधान जारी भएपछि राज्यको तर्फबाट भएको सबैभन्दा ठुलो सामूहिक अमानवीय घटना नै सुकुम्बासी बस्तीमा चलाइएको डोजर र त्यसबाट भएको मानवीय क्षति हो। राज्यले आफ्नै नागरिकलाई अनागरिकको जस्तो व्यवहार गर्नु अत्यन्तै दुःखद छ।’
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)