ग्यास अभावको समस्यालाई तत्कालै सम्बोधन गर्न माग
nepalsamaya.com · Tue Aug 04 10:52:52 GMT 2026

काठमाडौं। प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको आजको बैठकमा सांसदहरूले काठमाडौं उपत्यकासहित मुलुकरभर खाना पकाउने एलपी ग्यासको अभाव देखिएकाले तत्कालै समस्या समाधान गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र सो मातहतका निकायलाई आग्रह गरेका छन्।
समितिको आज सिंहदरबारमा ‘खाना पकाउने ग्यासको आपूर्ति व्यवस्थापन’ सम्बन्धमा आयोजित छलफलमा सहभागी सांसदहरूले बजारमा ग्यासको अभाव रहेकाले तत्कालै सम्बोधन गर्नका लागि माग गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)