‘समाजको चेतना र विवेकमाथि ताल्चा अत्ति भयो’
kalakarmi.com · Tue Aug 04 10:53:02 GMT 2026

काठमाडौं– भृकुटीमण्डपस्थित काठमाडौं उपत्यका सार्वजनिक पुस्तकालय अहिले बन्द छ । काठमाडौं उपत्यकाका चर्चित तथा धेरै विद्यार्थी अध्ययन गर्ने क्याम्पस तथा विद्यालयहरुलाई पायक पर्ने स्थानमा रहेको पुस्तकालय सरकारले नै तालाबन्दी गरिदिएपछि पुस्तकप्रेमीहरु आक्रोशित बनेका छन् ।
२०८२ सम्म दुई करोड ९० लाख २३ हजार ३६७ बहाल बक्यौता नतिरेको भन्दै समाज कल्याण परिषद्ले तालावन्दी गरिदिएपछि युवा एवं बौद्धिक व्यक्तिहरुले उक्त पुस्तकालय पुनःसंचालनको माग राख्दै दवावमूलक अभियानसमेत चलाइरहेका छन् । पुस्तकालय बन्द भएपछि त्यहाँ अध्ययन गर्न आउनेहरु समस्यामा परेका छन् । विशेषगरी आर्थिक रूपमा कमजोर तथा निम्न आय भएका विद्यार्थीहरूलाई अध्ययनका लागि सहज तथा निःशुल्क वातावरण गुम्न पुगेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)