ट्रोलिङ र व्यक्तिगत टिप्पणीले महिला सांसदको आत्मविश्वास खस्क्यो, जनसरोकारका मुद्दा ओझेलमा
hamrakura.com · Tue Aug 04 00:00:00 GMT 2026
काठमाडौँ । संसद्मा जनताका महत्वपूर्ण तथा जनसरोकारका विषयहरू उठाउँदा सञ्चार माध्यमबाट पर्याप्त स्थान र प्राथमिकता नपाउने तर व्यक्तिगत टिप्पणी, ट्रोलिङ र चरित्रमाथिका प्रश्नहरूले अत्यधिक चर्चा पाउने गरेको महिला सांसदहरूले गुनासो गरेका छन्। एफडब्लुएल्डीले आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनीहरूले यस्ता प्रवृत्तिले सार्वजनिक रूपमा खुलेर बोल्ने र राजनीतिक भूमिका निर्वाह गर्ने आत्मविश्वासमा गम्भीर असर पुगिरहेको बताएका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा. ललिता कुमारीले आफूले पटकपटक संसद्मा जनसरोकारका ज्वलन्त मुद्दाहरू उठाए पनि मिडियामा त्यसले स्थान नपाएको तर व्यक्तिगत टिप्पणी र चरित्रहत्या गर्ने खालका सामग्री तथा प्रतिक्रियाले बढी प्राथमिकता पाउने गरेको दुःख व्यक्त गरिन्।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)