चितवनका बस्तीमा चितुवाको गतिविधि बढेपछि नियन्त्रणका लागि दुई स्थानमा खोर स्थापना
tourismface.com · Tue Aug 04 11:03:20 GMT 2026

चितवन । पश्चिम चितवनका बस्ती क्षेत्रमा चितुवाको आवतजावत बढ्न थालेपछि वन कार्यालयले नियन्त्रणका लागि विशेष निगरानी अभियान सुरु गरेको छ। सम्भावित जोखिम न्यूनीकरण गर्न भरतपुर महानगरपालिका–१५ अन्तर्गत दुई स्थानमा चितुवा समात्ने खोर राखिएको छ।
डिभिजन वन कार्यालय चितवनका अनुसार गोपालचोकस्थित एक पोल्ट्री फार्म परिसरमा पहिलो खोर स्थापना गरिएको छ भने त्यसबाट करिब एक किलोमिटर दूरीमा अर्को खोर पनि राखिएको छ। बस्तीमा चितुवाले आतंक मच्चाउन थालेपछि स्थानीयको सुरक्षालाई ध्यानमा राख्दै यो कदम चालिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (tourismface.com)