निजी क्षेत्रको आत्मविश्वास पुनर्स्थापित गर्न बैंकिङ क्षेत्रसँग सहकार्य हुन्छ - अर्थमन्त्री वाग्ले
arthasansar.com · Tue Aug 04 11:02:29 GMT 2026

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मुलुकको अर्थतन्त्रलाई चलायमान बनाउन र निजी क्षेत्रको मनोबल बढाउन सरकारले बैंकिङ क्षेत्रसँग नजिक रहेर काम गर्ने प्रतिबद्धता जनाएका छन्। मंगलबार सिंहदरबारमा वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हरूसँगको छलफलमा उनले बजेटले आर्थिक रूपान्तरणको स्पष्ट खाका कोरेको उल्लेख गर्दै अबको मूल ध्यान त्यसको प्रभावकारी कार्यान्वयनमा केन्द्रित हुने बताए ।
अर्थतन्त्रको वास्तविक अवस्था र बजारको मनोविज्ञानलाई बैंकिङ क्षेत्रले नजिकबाट महशुस गर्ने भएकाले बजेट कार्यान्वयन र विद्यमान समस्या समाधानका लागि बैंकरहरूको अनुभव र सुझाव महत्वपूर्ण हुने उनको भनाइ छ ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)