रुपन्देहीमा ग्यास डिलरको अनुगमन
baahrakhari.com · Tue Aug 04 11:13:56 GMT 2026

बुटवल । खाना पकाउने एलपी ग्यासको बजारमा अभाव भएको गुनासो बढेपछि मंगलबार (साउन १९) रुपन्देहीका बुटवल र तिलोत्तमामा अनुगमन गरिएको छ । जिल्ला प्रशासन कार्यालाय रुपन्देही, इलाका प्रशासन कार्यालय बुटवल, बुटवल उपमहानगरपालिका, उपभोक्ता हित संरक्षण मञ्च र ग्यास विक्रेता संघ रुपन्देहीको संयुक्त टोलीले बजार अनुगमन गरेको हो ।
अनुगमनका क्रममा आपूर्तिको अनुपातमा माग अत्याधिक रहेको पाइएको छ । ग्यास अभावको हल्लाले उपभोक्ताले घरमा आवश्यकताभन्दा बढी ‘स्टक’ राख्नाले समस्या देखिएको इलका प्रशासन कार्यालय बुटवलका शाखा अधिकृत सागर गौतमले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)