इन्धनको मूल्य घटेसँगै बजार मूल्य घटाउन सरकारको आग्रह
nepalnews.com · Sat Jul 04 03:54:51 GMT 2026

काठमाडौं। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरिकुमारी यादवको निर्देशनपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले इन्धनको मूल्य घटेको प्रभाव उपभोग्य वस्तु तथा सेवाको मूल्यमा पनि देखिनुपर्ने भन्दै व्यवसायीलाई मूल्य समायोजन गर्न आग्रह गरेको छ।
विभागले शुक्रबार जारी गरेको विज्ञप्तिअनुसार मध्यपूर्वको तनावका कारण बढेको इन्धनको मूल्य सामान्य अवस्थामा फर्किएपछि नेपाल आयल निगम ले असार १६ गतेदेखि लागू हुने गरी इन्धनको मूल्य घटाएको छ। त्यसअनुसार उपभोक्ताले प्रत्यक्ष राहत पाउने गरी बजारमा वस्तु तथा सेवाको मूल्य पनि घटाउन विभागले अनुरोध गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)