'ट्रोलपछि आत्मविश्वास खस्कियो, सञ्चारकर्मीसँग बोल्न डर लाग्छ'
setopati.com · Tue Aug 04 11:32:02 GMT 2026

संसद्मा जनसरोकारका विषय उठाउँदा पर्याप्त सञ्चार माध्यमको ध्यान नपाउने तर व्यक्तिगत टिप्पणी, ट्रोलिङ र चरित्र माथिका प्रश्नले भने बढी चर्चा पाउने गरेको सांसदहरूको गुनासो छ। यस्ता प्रवृत्तिले सार्वजनिक रूपमा बोल्ने आत्मविश्वासमा असर परेको महिला सांसदहरूको भनाइ छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद ललिता कुमारीले पटकपटक सदनमा जनसरोकारका विषय उठाए पनि ती विषयले सञ्चार माध्यममा पर्याप्त स्थान नपाएको गुनासो गरिन्। व्यक्तिगत टिप्पणी र चरित्रमाथि आक्षेप लगाउने सामग्री तथा प्रतिक्रियाले भने बढी स्थान पाउने उनको भनाइ छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)