नदीजन्य ठेक्कामा एक करोड ४१ लाख हिनामिनामा पाँचजनाविरुद्ध मुद्दा
baahrakhari.com · Tue Aug 04 11:33:29 GMT 2026

काठमाडौं । नदीजन्य पदार्थको ठेक्कामा भ्रष्टाचार गरेको आरोपमा दाङको गढवा गाउँपालिकाका पूर्वअध्यक्ष सहजराम अहिरसहित पाँचजनाविरुद्ध अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
ठेकेदारसँगको मिलेमोतोमा ठेक्का लिएर राजस्व हिनामिना गरेको दाबीसहित सजायका लागि मुद्दा दायर गरिएको हो । अभियोगपत्रअनुसार आर्थिक वर्ष २०७६/७७ मा गढवा गाउँपालिकाकाको वडा नम्बर १ र २ का विभिन्न स्थानमा नदीजन्य पदार्थको संकलन तथा निकासीको टेन्डरमा एक करोड ४१ लाख ५० हजार रुपैयाँ हानी नोक्सानी पुर्याएको अख्तियारले दाबी गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)