प्रतिनिधिसभा : ‘तराई–मधेसमा पानी नपरेर खेत बाँझै भयो’
khabarhub.com · Tue Aug 04 11:36:32 GMT 2026

काठमाडौं – प्रतिनिधिसभाका सांसदहरूले तराई मधेसका जिल्लामा पानी नपरेर समस्या भएको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसद चन्द्रमोहन यादवले तराई मधेसमा महिनौँदेखि वर्षा नभएको बताउँदै साउन सकिन लाग्दा पनि खेत बाँझै रहेको सुनाए ।
सांसद जगतप्रसाद जोशीले भारतले नेपालको सहमतिविना निर्माण गरेको बाँधका कारण नेपाली भूमि डुबानमा परेको उल्लेख गर्दै कैलाशपुरीमा यस्तै भएको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)