विदेशबाट नेपाल फर्किने नेपालीलाई सुन तस्कर तथा दलालको प्रलोभनमा नपर्न आग्रह
nepalpress.com · Tue Aug 04 11:36:13 GMT 2026

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले विदेशबाट नेपाल फर्किने नेपाली नागरिकलाई सुन तस्कर तथा दलालको प्रलोभनमा नपर्न आग्रह गरेको छ।
कार्यालयले मंगलबार सार्वजनिक गरेको सूचनामा पछिल्ला दिनमा दुबई, कतारलगायत विभिन्न मुलुकबाट श्रम स्वीकृति कामदार भीसामा काम गरेर नेपाल फर्किने नेपालीलाई अपरिचित व्यक्ति, दलाल तथा सुन तस्करहरूले आर्थिक प्रलोभन देखाउँदै सुनका सिक्री, बहुमूल्य धातु तथा अन्य सामान नेपाल ल्याइदिन लगाउने गरेको पाइएको जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)