ताजसँगै ठूलो संकल्प: क्यान्सर सचेतना र दोस्रो पुस्ताका एनआरएनलाई नेपालसँग जोड्ने दीपमालाको अभियान
kalakarmi.com · Tue Aug 04 11:46:42 GMT 2026

काठमाडौं- यस वर्षको मिस नेपाल वर्ल्ड २०२६ केवल एउटा सौन्दर्य प्रतियोगिताको नतिजा मात्र बनेन, यसले नेपाली इतिहासमा नयाँ अध्याय पनि थप्यो। हङकङमा जन्मिएकी तथा हुर्किएकी दीपमाला ढकाल मिस नेपालको ताज जित्ने पहिलो गैरआवासीय नेपाली (एनआरएन) बनेपछि मिस नेपालको इतिहासमा नयाँ कीर्तिमान कायम भएको छ।
यस वर्षको प्रतियोगिताले अर्को ऐतिहासिक सन्दर्भ पनि जोड्यो । पूर्व मिस नेपाल अनुष्का श्रेष्ठ संघीय संसद् सदस्य बनेर कला, संस्कृति, सिर्जनात्मक उद्योग र उद्यमशीलताका मुद्दा संसदसम्म पुर्याइरहेकी छन् भने अब दीपमाला ढकालले मिस नेपालको प्रतिष्ठित मञ्चलाई नेपाल र विश्वभर फैलिएका नेपाली डायस्पोराबीचको सेतु बनाउने संकल्प व्यक्त गरेकी छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)