हाँसो, प्रेम र करुणामिश्रित मदनकृष्ण श्रेष्ठ र यमनको पलेँटी
shilapatra.com · Tue Aug 04 11:51:43 GMT 2026

गत शुक्रबार र शनिबार काठमाडाैंको कालिकास्थानस्थित नेपालयको 'आर' शालामा प्रसिद्ध कलाकार मदनकृष्ण श्रेष्ठ र उनका छोरा कलाकार यमन श्रेष्ठको 'पलेँटी' सम्पन्न भएको छ । पलेँटी विगत २१ वर्षदेखि सञ्चालन हुँदै आएको सांगीतिक कार्यक्रम हो ।
आजभन्दा १८ वर्ष पहिले पनि यसै कार्यक्रममा मदनकृष्ण श्रेष्ठको एकल गायन प्रस्तुत भएको थियो । यसपालि भने मञ्चमा मदनकृष्णका साथ उनका छोरा यमन श्रेष्ठको गायन समेत प्रस्तुत भएको थियो । कार्यक्रमको सञ्चालन पलेँटीका संयोजक तथा संगीतकार आभासले गरेका थिए । झन्डै २ घण्टासम्म चलेको कार्यक्रममा १६ वटा गीतहरू समेटिएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)