एलजी ‘सीपशिक्षा’ कार्यक्रमको १६औँ ब्याच सञ्चालन
baahrakhari.com · Tue Aug 04 11:54:49 GMT 2026

काठमाडौं । चौधरी फाउन्डेसनको सहकार्यमा एलजी इलेक्ट्रोनिक्सले ‘एलजी सीपशिक्षा’ कार्यक्रमको १६औँ ब्याच सञ्चालनमा ल्याएको छ । कार्यक्रममार्फत उद्योगको आवश्यकताअनुसार प्राविधिक तथा व्यावसायिक शिक्षा प्रदान गर्दै नेपाली युवालाई दक्ष जनशक्ति बनाउने अभियानलाई निरन्तरता दिइएको कम्पनीले जनाएको छ ।
बजारको मागअनुसारका प्राविधिक सीप विकास गरी युवाको रोजगारीका अवसर बढाउने तथा दिगो जीविकोपार्जनमा सहयोग गर्ने उद्देश्यले सञ्चालन गरिएको कार्यक्रममा व्यावहारिक र प्रयोगात्मक सिकाइमा जोड दिइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)