मुन्दडाको घरमा खानतलासी गर्ने मोरङ प्रहरी प्रमुखसँग स्पष्टीकरण माग
nepalnews.com · Tue Aug 04 11:58:42 GMT 2026

विराटनगर। कोसी प्रदेश प्रहरी कार्यालयले व्यवसायी बेनी गोपाल मुन्दडाको घरमा खानतलासी गरिएको सम्बन्धमा मोरङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) कवित कटवालसँग २४ घण्टे स्पष्टीकरण माग गरेको छ।
कार्यालयले सो समयभित्र सम्बन्धित प्रमाण, अभिलेख र कागजातसहित लिखित स्पष्टीकरण पेश गर्न निर्देशन दिएको हो। विराटनगर महानगरपालिका–७, गोश्वारा रोडस्थित मुन्दडाको घरमा यही १८ साउनमा ठूलो सङ्ख्यामा प्रहरी परिचालन गरी खानतलासी गरिएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)