गढवा गाउँपालिका अध्यक्षसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा, ढुङ्गा-वालुवा ठेक्कामा साढे १ करोड झ्वाम् पारेकाे आराेप
arthadabali.com · Tue Aug 04 12:10:15 GMT 2026

काठमाडौँ / अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दाङको गढवा गाउँपालिकामा नदीजन्य पदार्थ उत्खननसम्बन्धी ठेक्कामा १ करोड ४१ लाख ५० हजार रुपैयाँ राजस्व हिनामिना तथा हानिनोक्सानी गरेको आरोपमा पाँच जनाविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको छ।
अख्तियारले गढवा गाउँपालिकाका तत्कालीन अध्यक्ष सहजराम अहिर, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत लालबहादुर योगी, तत्कालीन राजस्व शाखा प्रमुख शम्भु चौधरी तथा सगुन कन्स्ट्रक्सन एन्ड इन्जिनियरिङ प्रालि र त्यसका प्रबन्ध निर्देशक शहदेव खड्का तथा प्रतिनिधि विरास पुनविरुद्ध आरोपपत्र दायर गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)