बैंकर्सलाई अर्थमन्त्रीको प्रश्न : समस्या मौद्रिक नीति, वित्तीय नीति वा निजी क्षेत्रको आत्मविश्वास केमा छ?
clickmandu.com · Tue Aug 04 12:13:00 GMT 2026

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले अर्थतन्त्रलाई चलायमान बनाउन बैंकिङ क्षेत्रको भूमिका निर्णायक हुने बताएका छन् । मंगलबार वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरूसँग छलफल गर्दै उनले वर्तमान आर्थिक शिथिलता चिर्न सरकार र निजी क्षेत्रबीच साझा अभियान आवश्यक रहेको बताए ।
गत साता उद्योगी व्यवसायीसँग छलफलपछि बैंकरहरूसँग छलफल गरेका अर्थमन्त्रीले बैंकिङ प्रणालीलाई अर्थतन्त्रको ‘केन्द्रविन्दु’ को संज्ञा दिए । ‘बैंकहरू अर्थतन्त्रका त्यस्ता संगम हुन् जहाँ बचतकर्तादेखि उद्यमी र किसानदेखि लगानीकर्तासम्म ठोक्किन्छन् । त्यसैले बजारको वास्तविक मनोविज्ञान र लगानीकर्ताको अपेक्षा सबैभन्दा स्पष्ट रूपमा यहाँहरूले नै महसुस गर्नुहुन्छ,’ बैंकर्सलाई अर्थमन्त्री वाग्लेले भने ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)