क्यानका पूर्वमहानिर्देशक प्रदीप अधिकारीलाई धरौटीमा छाड्न आदेश
kendrabindu.com · Tue Aug 04 12:19:08 GMT 2026

काठमाडौं । पोखरा विमानस्थल भ्रष्टाचार प्रकरणमा नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक प्रदीप अधिकारीलाई विशेष अदालतले धरौटीमा छाड्न आदेश दिएको छ ।
विशेष अदालतका अध्यक्ष बासुदेव आचार्य, सदस्यहरू हेमन्त रावल र विदुर कोइरालाको इजलासले राजस्व छुट दिएर भ्रष्टाचार गरेको आरोपको मुद्दामा अधिकारीलाई तीन लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो । तर, अरू मुद्दामा थुनामा रहेकाले अधिकारीले यो मुद्दामा धरौटी बुझाएपनि थुनामुक्त भने हुन पाउने छैनन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)