गभर्नरको अनुपस्थितिमा अर्थमन्त्रीले बैंकरलाई भने- मन्त्रालय, राष्ट्र बैंक र बैंकिङ क्षेत्रको समन्वयलाई प्रभावकारी कसरी बनाउन सकिन्छ ?
khabarhub.com · Tue Aug 04 12:23:59 GMT 2026

काठमाडौं – मंगलबार अर्थमन्त्री डा स्वर्णिम वाग्लेले वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतसँग छलफल गरेका छन् । तर, बैंककै मुख्य नियामक निकाय नेपाल राष्ट्र बैंकका गभर्नर प्राडा विश्व पौडेलको अनुपस्थितिमा भएको उक्त छलफलमा भने उनले अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंक र बैंकिङ क्षेत्रबीचको समन्वयलाई अझ प्रभावकारी कसरी बनाउन सकिन्छ भनेर छलफल गरे ।
‘बैंकिङ प्रणालीले उत्पादनशील क्षेत्रमा कर्जा प्रवाह बढाउन के–कस्ता संरचनागत सुधार आवश्यक छन् ? मौद्रिक नीति, नियमन र सुपरिवेक्षणमा अब कुन नयाँ दृष्टिकोण अपनाउनुपर्छ ? अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंक र बैंकिङ क्षेत्रबीचको समन्वयलाई अझ प्रभावकारी कसरी बनाउन सकिन्छ’, उनले सिईओहरूसँग प्रश्न गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)