२४ भदौको घटनाको छानबिन आयोग बनाउन राजनीतिक निर्णय भइसक्यो : सरकारका प्रवक्ता
shilapatra.com · Tue Aug 04 12:25:06 GMT 2026

सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले भदौ २४ गतेको घटनाको छानबिन गर्न आयोग गठन हुने बताएका छन् । मंगलबार संवाददाताहरूसँग संवादका क्रममा पोखरेलले भदौ २४ गतेको घटनाको छानबिनका लागि आयोग गठनको विषय सरकारले नछोडेको स्पष्ट पारे ।
‘२४ गतेको घटनाको छानबिनका लागि आयोग बनाउने विषयमा राजनीतिक तहबाट निर्णय भइसकेको छ । कस्तो आयोग बन्छ र कसरी काम गर्छ भन्ने प्राविधिक विषय पनि प्रस्ट भएपछि अर्को भेटमा सबै बताउन सकिन्छ,’ मन्त्री पोखरेलले भने ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)