भोटेकोशी बाढी : त्रिवि शिक्षण अस्पतालबाट ४८ घाइते ‘डिस्चार्ज’, २५ जनाको उपचार हुँदै
ratopati.com · Fri Sep 04 17:29:47 GMT 2026

काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा यही भदौ १० गते आएको बाढीमा परेर घाइते भएकामध्ये ४८ बिरामी उपचारपछि ‘डिस्चार्ज’ भएका छन् । अस्पतालका प्रवक्ता डा गोपाल सेढाईँले अस्पतालमा ल्याइएका ७४ घाइतेमध्ये ४८ जना उपचारपछि ‘डिस्चार्ज’ भएका जानकारी दिए । यस्तै, उक्त अस्पतालमा हाल २५ जनाको उपचार भइरहेको छ ।
उपचार भएकामध्ये दुई जनाको आइसियु र दुई जनाको हाई केयरमा राखेर उपचार भइरहेको प्रवक्ता डा सेढाईँले बताए । यस्तै, अस्पतालमा ल्याएका एक घाइतेको उपचारका क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा २५ वर्षीय कुशल मगर रहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)