राजस्व चुहावट गरेको भन्दै पाँच जनाविरुद्ध आरोपपत्र दायर
canadanepal.com · Tue Aug 04 12:33:35 GMT 2026

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गढवा गाउँपालिका दाङका तत्कालीन अध्यक्ष सहजराम अहिरसहित पाँच जनालाई राजस्व चुहावट गरी भ्रष्टाचार गरेको भन्दै मंगलबार विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको छ । आयोगले तत्कालीन अध्यक्ष अहिरसमेत पाँच जना र सगुन कन्स्ट्रक्सन एण्ड इञ्जिनियरिङ प्रालि बुटबल उपर राजस्व चुहावट गरी भ्रष्टाचार गरेको भन्दै आरोपपत्र दायर गरेको हो ।
आयोगका प्रवक्ता सुरेश न्यौपानेले आव २०७६/७७ मा वडा नं १ र २ को विभिन्न स्थानमा नदीजन्य पदार्थको संकलन तथा निकासीको बोलपत्र आह्वान गरेको र बोलपत्र भएपश्चात ठेकेदारसँग आपसी मोलमोलाई गरी सम्झौताबिना कार्यालयबाट सहीछापसहितको नगदी रसिद जारी गरी अनियमित ढंगले ठूलो परिमाणको राजस्व रकम हिनामिना गरेको आरोपमा आरोपपत्र दायर गरिएको जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)