व्यवसायी मुन्दडाको घरमा खानतलासी गर्ने मोरङ प्रहरी प्रमुखलाई विभागीय कारबाहीको चेतावनी
corporatenepal.com · Tue Aug 04 12:32:04 GMT 2026

विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालयले व्यवसायी बेनी गोपाल मुन्दडाको घरमा खानतलासी गरिएको सम्बन्धमा मोरङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) कवित कटवालसँग २४ घण्टे स्पष्टीकरण माग गरेको छ । कार्यालयले सो समयभित्र सम्बन्धित प्रमाण, अभिलेख र कागजातसहित लिखित स्पष्टीकरण पेश गर्न निर्देशन दिएको हो ।
विराटनगर महानगरपालिका–७, गोश्वारा रोडस्थित मुन्दडाको घरमा यही साउन १८ गते ठूलो सङ्ख्यामा प्रहरी परिचालन गरी खानतलासी गरिएको थियो । कोशी प्रदेश प्रहरी कार्यालयले उक्त घटनाका सम्बन्धमा प्राप्त सूचना, उपलब्ध विवरण तथा प्रारम्भिक तथ्यका आधारमा प्रहरी परिचालनको वैधता, निर्णय प्रक्रिया र कार्यसम्पादनका विषयमा गम्भीर कानुनी तथा कार्यविधिगत प्रश्न उठेको जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)