स्टेथोस्कोप भिरेर आमरण अनशन [तस्बिरसहित]
nepalnews.com · Tue Aug 04 12:35:05 GMT 2026

काठमाडौँ। स्टेथोस्कोप र एप्रोन भिरेर इन्टर्न चिकित्सक डा. डिल्ली हरिजनले माइतीघरमा आमरण अनशन थालेका छन्।
सरकारले बनाएको कार्यदलको प्रतिवेदन कार्यान्वयन गर्न, श्रम ऐन २०७४ अनुसार समान कार्यघण्टा सबै प्रकारका अस्पतालमा समान रूपमा लागु गर्न, एमबीबीएस तथा बीडीएस अध्ययनरत विद्यार्थीलाई छात्रावासमा अनिवार्य बस्नुपर्ने व्यवस्था हटाएर वैकल्पिक बनाउनुपर्ने, नियमविपरीत विभिन्न शीर्षकमा शिक्षण अस्पतालले लिएका शैक्षिक शुल्क फिर्तालगायत माग राखेर उनले मंगलबारदेखि अनशन थालेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)