बालबालिकाको तस्बिर र भिडियो सामाजिक सञ्जालबाट हटाउन मानव सेवा आश्रमलाई निर्देशन
ratopati.com · Tue Aug 04 12:41:33 GMT 2026

काठमाडौँ। काठमाडौँको सामाखुशीस्थित मानव सेवा आश्रमलाई बालगृहमा रहेका बालबालिकाको पहिचान खुल्ने गरी तस्बिर तथा भिडियो सामाजिक सञ्जालमा नराख्न राष्ट्रिय बाल अधिकार परिषद्ले निर्देशन दिएको छ।
परिषद्ले यसअघि इन्टरनेटमा सार्वजनिक गरिएका त्यस्ता सम्पूर्ण सामग्री तुरुन्त हटाउन पनि आश्रमलाई भनेको छ। संरक्षणमा रहेका बालबालिकाको तस्बिर र भिडियो सार्वजनिक भएको विषयमा गम्भीर ध्यानाकर्षण भएको जनाउँदै परिषद्ले पत्र पठाएको छ। बालबालिकाको गोपनीयता, सुरक्षा र सर्वोत्तम हितको संरक्षण सुनिश्चित गर्नका लागि यस्तो कदम चालिएको परिषद्ले स्पष्ट पारेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)