सिरहामा पनि एलपी ग्यासको अभाव, घण्टौं लाइन बस्न बाध्य छन् उपभोक्ता
onlinekhabar.com · Tue Aug 04 12:42:18 GMT 2026

१९ साउन, सिरहा । सिरहाको गोलबजार, लहानलगायत विभिन्न क्षेत्रमा पछिल्ला केही दिनयता एलपी ग्याँसको चरम अभाव देखिएको छ । ग्यास सहज रूपमा उपलब्ध नहुँदा उपभोक्ता बिहानैदेखि खाली सिलिन्डर बोकेर ग्यास डिलरको अगाडि लामो लाइनमा बस्न बाध्य भएका हुन् ।
गोलबजार नगरपालिका–४, लहान नगरपालिका–३ रघुनाथपुर चोक, सडक डिभिजन कार्यालय अगाडिका ग्यास डिलरलगायत स्थानमा बिहानदेखि नै उपभोक्ताको भिड लागेको छ । डिलरहरूले ग्यास बोकेको ट्रक दिउँसो करिब २ बजे आइपुग्ने जानकारी दिएपछि उपभोक्ताहरू घण्टौं पालो कुरेर लाइनमा बसेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)