बालबालिकाको तस्बिर हटाउन मानव सेवा आश्रमलाई बाल अधिकार परिषद्को निर्देशन
kendrabindu.com · Tue Aug 04 12:50:59 GMT 2026

परिषद्ले आश्रमलाई पत्राचार गर्दै बालगृहमा आश्रित बालबालिकाको पहिचान खुल्ने सामग्री सार्वजनिक गरिएकोप्रति गम्भीर चासो व्यक्त गरेको हो। बालबालिकाको गोपनीयता, सुरक्षा र सर्वोत्तम हितको संरक्षणलाई ध्यानमा राख्दै यस्ता सामग्री थप प्रकाशन नगर्न पनि परिषद्ले सचेत गराएको छ।
परिषद्का अनुसार बालगृह सञ्चालन तथा व्यवस्थापन सम्बन्धी मापदण्ड, २०७९ को मापदण्ड ९ (१३) ले बालबालिकाको गोपनीयता र आत्मसम्मानको संरक्षणका लागि उनीहरूको पहिचान खुल्ने गरी तस्बिर, भिडियो वा अन्य विवरण सार्वजनिक गर्न निषेध गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)