माइक्रो बसले ‘ओभरटेक’ गर्दा अन्य सवारीलाई सास्ती
ratopati.com · Tue Aug 04 13:00:11 GMT 2026

चितवन । नारायणगढ-मुग्लिन सडकखण्डमा माइक्रोबसले जोखिमपूर्ण ढङ्गले ‘ओभरटेक’ (उछिन्ने) गर्दै तीव्र गतिमा सवारी चलाउने प्रवृत्ति बढ्दा अन्य सवारीचालक तथा यात्रुले सास्ती भोग्नुपरेको छ। पूर्व-पश्चिम तथा काठमाडौँ-पोखरा जोड्ने व्यस्त राजमार्गमा पहिरोका कारण हुने अवरोधसँगै यस्ता सवारीको लापरबाहीले ट्राफिक जाम, दुर्घटनाको जोखिम र यात्रामा थप हैरानी बढाएको गुनासो आएको छ।
बागमती प्रदेश नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय (रामनगर)का प्रमुख एवं प्रहरी उपरीक्षक डिल्लीनारायण पाण्डेका अनुसार हाइस तथा माइक्रोबसले जथाभावी ओभरटेक गर्दा सडकमा अनावश्यक जाम हुनुका साथै दुर्घटनाको जोखिमसमेत बढ्ने गरेको छ । उनले प्रहरीले देखेका स्थानमा तत्काल कारबाही र चालकलाई सचेत गराउने काम भइरहे पनि कतिपय चालकले प्रहरीको निगरानी छल्दै नियम उल्लङ्घन गर्ने गरेको बताए।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)