नेपाल एयरलाइन्स : यात्रु, कार्गो तथा आम्दानीमा वृद्धि
ratopati.com · Tue Aug 04 13:18:01 GMT 2026

काठमाडौँ । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले गत आर्थिक वर्षमा यात्रु, कार्गो तथा आम्दानीमा उल्लेख्य वृद्धि गरेको छ। निगमका प्रवक्ता अर्चना खड्काका अनुसार आर्थिक वर्ष २०८१/८२ को तुलनामा गत आव २०८२/८३ मा नेपाल एयरलाइन्सको उडान सङ्ख्या, यात्रु सङ्ख्या, कार्गो ढुवानी र राजस्व सबै क्षेत्रमा वृद्धि भएको हो।
आव २०८२/८३ मा ११ प्रतिशतले वृद्धि गर्दै निगमले कूल तीन हजार ५९४ उडान सञ्चालन गरेको छ। आव २०८१/८२ को तीन हजार १८९ उडान सञ्चालन गरेको थियो। उक्त अवधिमा नेपाल एयरलायन्सबाट यात्रा गर्ने यात्रुको सङ्ख्या छ लाख १३ हजार ७८४ पुगेको छ । अघिल्लो आवमा पाँच लाख ५० हजार २०७ थियो। यो १० प्रतिशतले बढी हो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)