ओलीको हातमा १४ जनाको हस्ताक्षर, महासचिव शंकर पोखरेलको प्रतिवाद
shilapatra.com · Tue Aug 04 13:38:00 GMT 2026

बागमती प्रदेशको सरकार गठनका लागि संसदीय दलको नेताबाट जगन्नाथ थपलियालाई हटाउन नेकपा एमालेका १४ जना प्रदेश सांसदले हस्ताक्षर गरेका छन् । बागमती प्रदेशमा एमालेका २५ जना सांसद छन् ।
भक्तपुरस्थित जर्मन होम्समा थप तीन जना सांसदको हस्ताक्षर गराएर अध्यक्ष केपी शर्मा ओलीलाई बुझाउने गरी आज राखिएको भेला स्थगित भएको नेताहरूले बताएका छन् । ‘जर्मन होम्समा आउनू भनेर इन्चार्जले बोलाउनुभएको थियो, जाँदाजाँदै स्थगित भएको खबर आयो’, बागमती प्रदेशका एक सांसदले शिलापत्र सँग भने, ‘मैले गत बिहीबार हस्ताक्षर गरेको हुँ, अरु माननीयज्यूहरूलाई मनाउनका लागि हामीलाई पनि बोलाइएको थियो, आजलाई स्थगित भयो ।’
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)