सरकारी अधिकारी र ज्याेति रानाभाटका प्रतिनिधिबिच छलफल हुँदै
ratopati.com · Tue Aug 04 13:57:06 GMT 2026

काठमाडौँ। अनसनरत नर्स ज्योति रानाभाटले उठाएका मुद्दाका विषयमा सरकारका अधिकारी र रानाभाटका प्रतिनिधिबिच छलफल हुँदैछ। प्रधानमन्त्री तथा मन्त्री परिषद् कार्यालय, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय र रानाभाटका प्रतिनिधिबिच वीर अस्पतालमा वार्ता हुन लागेको हो।
केहीबेर अघि नेपाल नर्सिङ सङ्घका पदाधिकारीले स्वास्थ्य मन्त्री निशा मेहतालाई मन्त्रालयमा भेटी रानाभाटको माग सम्बोधन गर्न ध्यानाकर्षण गराएका छन्। सङ्घका अध्यक्ष प्राध्यापक चन्द्रकला शर्माले रानाभाटको जिवनरक्षाका लागि सरोकारवाला निकाय संवेदनशील हुनुपर्ने बताइन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)