ओली-प्रचण्डकै गल्ती दोहोर्याउँदै रवि-वालेन्द्र
khabarhub.com · Tue Aug 04 13:56:53 GMT 2026

काठमाडौं – प्रधानमन्त्री वालेन्द्र शाहको कार्यशैलीप्रति राष्ट्रिय स्वतन्त्र पार्टीकै सांसदहरूले चित्त दुखाउन थालेका छन् । गत आइतबार सुनसरीमा गोली चलेको विषय र त्यसको तीन चार दिनपछि सिरहमा गोली चलेर २० वर्षीय गणेश यादवको मृत्यु भएको विषयमा आफ्नै सरकारमाथि रास्वपा सांसदहरूले तिखो प्रहार गरिरहेका छन् ।
सुनसरीको देवानगञ्ज गाउँपालिका-३ कप्तानगञ्जबाट सुरू भएको तनाव सिरहाको गोलबजार पुगेपछि झन् हिंस्रक भयो । सरकारी सुरक्षाकर्मीको गोली लागेका चारजना नागरिकले मंगलबारसम्म ज्यान गुमाए। विरोधमा उत्रिएकै भरमा चारजना नागरिकले ज्यान गुमाउनु परेको भन्दै पार्टीका नेताहरू छट्पटिएका छन् । गोली किन चल्यो र कम्मरमाथि नै गोली हान्नुपर्ने अवस्था कसरी आयो ? भन्ने प्रश्नको जवाफ आफ्नै सांसदहरूले सदनमा माग्दा प्रधानमन्त्री शाह उपस्थित भएनन ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)