सेनाका अधिकृतलाई हप्कीदप्की गरेका राजु पाण्डेलाई प्रधानमन्त्रीले गराए सचेत
shilapatra.com · Tue Aug 04 13:58:00 GMT 2026

नेपाली सेनाका अधिकृतलाई हप्कीदप्की गरेका सत्तारुढ रास्वपाका सांसद राजुनाथ पाण्डेलाई प्रधानमन्त्री वालेन्द्र शाह बालेनले सचेत गराएका छन् ।
मंगलबार पाण्डेलाई सिंहदरबार बोलाएर सचेत पारिएको प्रधानमन्त्री शाहनिकट स्रोतले जानकारी दिएको छ । पाण्डेले सेनाका अधिकृतलाई हप्कीदप्की गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो । घटनाबारे नेपाली सेनाले गम्भीर चासो राख्दै आपत्ति जनाएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)