रोहित र सविन टप १६ ग्रान्ड मास्टर्स स्नूकरको सेमिफाइनलमा
neplays.com · Tue Aug 04 14:03:00 GMT 2026
काठमाडौं । रोहित क्षेत्री र सविन तामाङ प्रथम काठमाडौँ खेलमण्डल (एनआरटी) नेपाल टप १६ ग्रान्ड मास्टर्स स्नूकर च्याम्पियन्सीपको सेमिफाइलनमा पुगेका छन्।
काठमाडौँ खेल मण्डल (एनआरटी) को आयोजनामा त्रिपुरेश्वरस्थित क्लबकै भवनमा भएको प्रतियोगिताअन्तर्गत मङगलबार भएको पहिलो क्वाटरफाइनलअन्तर्गत बेस्ट अफ नाइन खेलमा रोहितले विकास महर्जनलाई ५–४ ले हराए। एक समय १–४ ले पछाडी रहेको विकासले खेललाई ४–४ सेटको स्थितिमा पुर्याउनुभएको थियो । तर निर्णायक सेट आप्mनो पक्षमा पार्दै रोहितले अन्तिम चारको यात्रा तय गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (neplays.com)